मनाेरञ्जन

नेपाल आइडल बिजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा

३० वैशाख, । वैवाहिक बलात्कार सम्बन्धी मुद्दा खेपिरहेका नेपाल आइडल विजेता रवि ओडले कञ्चनपुर प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो ।

जोशीका अनुसार ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० मा उजुरी दिएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button