मनाेरञ्जन

प्रशंसा बोलको ख्रिष्टियन गितको पत्रकार सम्मेलन ललितपुरमा सम्पन्न ।

ललितपुर– नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा ‘प्रशंसा’ नामक नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतले अहिलेको युवा पूस्ताको आवाजलाई सम्बोधन गर्न खोजेको होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले बताउनुभयो ।

विहिवार ललितपुरमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सेवक सुन्दासले युवा पुस्ता गित संगितमा धेरै अगाडी बढेकोले नेपाली चर्चले युवाहरुको आवाजलाई सम्बोधन गर्दै युवा मैत्री चर्च बनाईन पर्नेमा मा जोड दिनुभयो ।

बुधवार काठमाण्डौँमा विमोचन गरिएको ‘प्रशंसा’ नामक नयाँ गीत नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।

प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो ।

गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।

पुरा भिडियो हेर्न तलको लिंकमा थिच्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button