समाचार

गोलन्जोरमा दलित शसक्तिकरण तथा योजना निर्माण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आर्थिक सहयोगमा, दलित उत्थान कृषी सहकारी संस्था लिमिटेडको आयोजनामा दलित समुदायको अधिकार प्रप्तिको लागी योजना निर्माण तथा आर्थिक शसक्तिकरण कार्यक्रम पालिकाको वडा नं. ३ गोल्टार स्रोह कोठे भवनमा २०८१ जेठ १९ गते सम्पन्न भएको छ ।


गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको कार्यक्रमको अध्यक्षता दलित उत्थान कृषी सहकारी संस्थाका अध्यक्ष डम्मर बहादुर वि.क.ले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीको तर्फबाट गाउँपालिका उपाध्यक्ष ज्यवाप्रसाद न्यौपाने र तथा अतिथीको तर्फबाट कार्यपालिका सदस्य अमरदिप वि.क. र प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहाल तथा वडा अध्यक्ष भक्त बहादुर भुजेल, रेगनराज थापा, के.पी. पोख्रेल र सोम प्रसाद बरालको आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमको औचित्य बारे दलित उत्थान कृषी सहकारी संस्था लि. का पुर्व अध्यक्ष निर्मल कुमार रम्तेलले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन श्याम कुमार रम्तेलले गर्नुभएको थियो ।

गोलन्जोर गाउँपालिकाको सातवटै वडाहरुबाट उपस्थित भएका सहभागीहरुको संख्या ७० रहेको थियो । दलित समुदायको अधिकार र कानुनमा भएका व्यवस्था तथा आर्थिक शसक्तिकरण र आम संचारमा नागरिकको पहुँच विषयक प्रशिक्षणमा दलित सेवा संघ सिन्धुलीका अध्यक्ष हेमलाल वि.क. र यूनिभर्सल आई.टि. का प्रबन्धक संजय बर्माले सहजीकरण गर्नुभएको हो ।

उक्त कार्यक्रमले गोलन्जोर गाउँपालिकाको दलित समुदायलाई थप शसक्तिकरणका लागी उर्जा मिलेको सहभागीहरुले बताएका छन ।

फोटो फिचर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button