खेलकुद

नेपाल सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिता गर्दै

काठमाण्डौँ १० जेठ ।।
नेपाल सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको छ ।
राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको सोताकान करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा करिब ७ वटा राष्ट्रका खेलाडीहरु सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बद«ी बहादुर महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्धारा खेलको उद्घाटन हुने तयारी गरेका छौँ ।”
सोताकान कराते (एसकेडीयुएन)को आयोजना र गोकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान कराते (एसकेडीयुएन)का विशेष प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button