खेलकुद

सन्दिप लामिछानेको उच्च अदालतमा पेसी आज, आजै फैसला हुन् सक्ने

काठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आज जेठ १ गते पेशी तोकिएको छ । लामिछानेको मुद्दामा गत वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।
त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश समेत गरिसकेको थियो ।
जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा प्रतिवादी सन्दीप लामिछानेलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसला विरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button